गत मंगलबार इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद भवनअघि आत्मदाह गरे। उनले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा सरकार, देशकाे परिस्थितिबारे गरेकाे टिप्पणी र आफ्नाे आर्थिक संकटबारे लेखेका कुराहरु अहिले चर्चामा छन्। उनले प्रस्तुत गरेका मुद्दाहरुबारे ठुलै बहस चलिरहेकाे छ। भने, तिनै मुद्दासहित युवाहरु सडकमा उत्रिएका छन्।
सडकमा उत्रिएका युवाहरुले भनिरहेका छन्, प्रेमप्रसादकाे हत्यारा राज्य हाे, राज्यले धेरै युवाहरुलाई प्रेमप्रसाद बन्न बाध्य बनाएकाे छ। तर, कसरी ?
माथि प्रस्तुत प्रश्न र युवाहरुकाे सवालमारहेर बिएल नेपाली सेवाले प्रेमप्रसादकाे न्यायकाे लागि सडकमा उत्रिएका सामाजिक अभियान्ता सुरज गिरीसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:
प्रेमप्रसाद आचार्यकाे आत्मदाह घटनालाई कसरी लिनुभएकाे छ ?
प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाले म मात्रै नभएर सारा नेपालीलाई भावविह्वल बनाएको छ। त्यो घटनाले भावविह्वल मात्रै बनाएको छैन, देशको नीति नियम बनाउने ठाउँ संसद भवनअगाडि कुनै एउटा शरीर जलिरहँदा त्यो जलिरहेको शरीरले एउटा आग्रह गरिरहेको छ। त्यो शरीरको आग्रह हो, म जस्ता युवाहरु त्यसरी जल्ने दिन अर्काे नआहोस्। त्यो शरीरको अर्काे आग्रह हो, सामाजिक सुरक्षा र सार्वजनिक यातायातलगायतका विविध कुराहरु जहाँ निजिकरण गरिएको छ, ती निजिकरणलाई सधैंको लागि दुरुसाहित गरियोस्। ती आग्रहसहितको, त्यो शरीर दाेहन भएको हो। र, त्यो जलेको शरीरले हामी सबैलाई एउटा विद्रोहको झिल्कोको दिएकाे हाे। त्यो शरीर आफैंले आफैंलाई आत्महत्या मात्रै गरेको छैन, हामीलाई एउटा सन्देश पनि दिएको छ, त्यो शरीरले हामीलाई झकझकाएको छ।
हिजोसम्म हामी सुषुप्त अवस्थामा चिरनिद्रामा थियौँ, हामी आफ्नै आखाँअगाडि भएका कति घटनाहरु सामान्य घटनाको रुपमा लिएर वेवास्ता गरिरहेको अवस्था थियो। तर, त्यो घटनाले हामीलाई वेवास्ता गर्नबाट, ठुला व्यापारिक धरानााहरुको जुन सिन्डिकेट छ, त्यो सिन्डिकेटविरुद्ध बुलन्द रुपमा आवाज उठाउनको लागि समार्थ प्रदान गरिएको हो। तसर्थ, मैले त्यो घटनालाई एउटा विद्रोहको रुपमा लिएको छु। जति पनि साथीहरुले त्यो घटनालाई नियाल्नुभएको छ, जुन इमोसन उहाँहरुमा पैदा भएको छ, त्यो इमोसन ऊर्जा बनाउनुहोस् भन्छु। मैले यो घटनालाई ऊर्जाको रुपमा लिएको छु।
आर्थिक संकटपछि आफैंले आफैंलाई आगो लगाउनुपर्ने देशको यो अवस्थालाई जनताले कसरी बुझ्ने ?
त्यो घटना घटिसकेपछि अधिकांश व्यक्तित्वहरुले आफ्नो अभिव्यक्ति दिसक्नुभएको छ। उहाँ जस्तै हामी धेरै जना परेका छौँ भन्ने आम नागरिकले अनुभूति रहेकाे छ। हामीले त बोल्न नसक्ने रहिछौँ नि, हामीले त सशक्त आवाज बोल्न नसकेकाे रहिछ, ती माफियाविरुद्ध सडकमा उत्रिएर आवाज बुलन्द गर्न नसकिएको रहिछ नि त, एक्सन लिन नसकेको रहिछौँ। आम जनताको नजरमा प्रेमप्रसाद आचार्यले अब विद्रोहको आवश्यकता छ भन्ने कुरा स्थापित गरिदिएका छन्।
अब व्यवस्था प्राप्तिको लागि विद्रोह गर्ने होइन, व्यवस्था परिवर्तनको लागि हजुर बुबाले विद्रोह गरिसके। हामी अधिकांश पुस्ताले विद्रोह गरिसकेको छ। मेरो बाजे राणा शासनविरुद्ध लड्नु भयो। पञ्चायतविरुद्ध मेरो बुबाले लड्नु भयो। राजतन्त्रविरुद्ध मेरो दाइ दिदीले लड्नु भयो। तर, अब हामीले लड्नुपर्ने बेला भएकाे छ। अवस्थाका विरुद्धमा होइन, व्यवस्थाको नेतृत्वमा रहेका व्यक्तिको नियतकाविरुद्धमा लड्नुपर्ने आम जनतालाई प्रेमप्रसाद आचार्यले सिकाउनुभएको छ। र, त्यो अब जनताले सिको गरिरहनुभएको छ। आज अधिकांश जनताले भनेका छन्,– हामीलाई व्यवस्थाको समस्या छैन, त्यो व्यवस्थाबाट हामीलाई उचित लाभ दिनुहोस्, आम जनताले स्वदेशमा खुलेर स्वास फर्न सक्ने अवस्था बनाइदिनुहोस् भन्ने जनताको नजरमा छ। अब जनता खवरदारीको लागि तयार भएर बसेका छन्। जनता सचेत भएका छन्, त्यो सचेतना विद्रोहको रुपमा आउँछ।
के प्रेमप्रसाद आचार्यको हत्यारा राज्य हो ?
राज्य संयन्त्र हत्यारा हो, यसमा कुनै पनि दुविधा छैन। राज्य संयन्त्रमा घुसखोरी, भ्रष्टाचार, अनियमितता छन्, त्यसैले यो राज्य संयन्त्र नै हत्यारा हो। प्रेमजीले भनेको जस्तो यो देशको बजारीकरण जनताको लागि त रहिन्छ। विगतदेखि हामीले यही मुद्धामा आन्दाेलन गरिरहेका छौँ। भनेपछि, राज्य संयन्त्रले नै प्रभावकारी नीति बनाउन सकेको छैन, जसले गर्दा जो वास्तविक किसान छ, जो वास्तविक व्यवसायी छ, त्यो व्यवसायी आफ्नो जीवन परिवर्तन गर्न लायकको हाम्रो राज्य संयन्त्र छैन। त्यो राज्य संयन्त्र नसच्चिँदा प्रेमप्रसाद आचार्यजस्ता व्यक्तित्वहरुले आत्मादाह गर्नु परेको हो।
आज संसद भवन अगाडि प्रेमजी जल्नुभयो, त्यसैले उहाँ चर्चामा हुनुहुन्छ। त्यसैले उहाँबारे हामीलाई थाहा भयो तर प्रेमप्रसाद आचार्यजस्ता घटनाहरु कति छन् नेपालमा, जुन कुनै बन्द कोठाभित्र घटिरहेका छन्, जुन कुनै गोप्य स्थानमा घटिरहेका छन्। त्यो अब सरकारले पहिचान गर्नुपर्छ। राज्य संयन्त्रले त्यो देख्नुपर्छ। छिटो छरितो र सरल तरिकाबाट काम गर्न नसक्ने अवस्था आउनु राज्य संयन्त्र नै हत्यारा हो।
कतै युवाहरु राज्यले थेग्न सक्नेभन्दा बढी महत्वकांक्षी भएका हुन कि भन्ने जस्तो लाग्दैन ?
महत्वकांक्षाभन्दा पनि म उहाँको दुरदर्शीता देख्दछु। किनभने, हामीले धरै उद्यमीहरुका जीवनी पढेका छौँ, सानो चिया पसलबाट सुरु गरेर करोडौँ पैसा कमाएका कुराहरु हामीले पढेका छौँ। प्रेमजीले पनि भन्नु भएको छ, ‘मैले अन्तर्राष्ट्रियस्तरको तालिम लिएको थिएँ, व्यवसाय कसरी गर्ने भन्ने मलाई राम्रोसँग थाहा थियो, मोटिभेस्नल स्किल मसँग थियो’। र, त्यो उहाँमा देखिन्छ। उहाँले नेपालका टप व्यापारी धरानासम्म त आफ्ना उत्पादन पुर्याउनु भएको त हो नि।
त्यसैले त्यो लेभलमा पुगेको एउटा व्यापारीले त्यतिको महत्वकांक्षा राख्न सुहाउछ। तर, महत्वकांक्षा राख्दै गर्दा ‘घाँटी हेरर, हाड निल्नुपर्छ’ भन्ने कुरामा कतै उहाँ चुक्नुभएको हो कि भन्ने लाग्छ।
प्रेमजीले यो देश त लुटेराहरुको हो भन्नुभएको छ नि ?
त्यसैले त हामीले भनेका छौँ, यो राज्य संयन्त्र नै हत्यारा हो। घुस लिने प्रहरी हत्यारा हो, समयमा काम नगर्ने प्रशासन हत्यारा हो। एउटा कुरा के हो भने हामी सधैं पलायन मानसिकता लिएर पनि त देशमा बस्न सक्दैनौँ नि त। हाम्रो देश विश्वको सबैभन्दा सुन्दर देश हो भन्ने हाे भने त यहीँ काम गर्नुपर्ने आँट त गर्नु पर्यो। त्यसैले हामीले भागेर होइन, डटेर सामना गर्नुपर्छ। प्रेमप्रसाद आचार्य पनि डटेर सामाना गर्नुभएको हो।
यो घटनापछि नेपाली युवाको मानसिकतामा कस्तो असर परेको होला भन्ने अनुमान गर्नुभएको छ ?
यो विषयमा अहिले मानसिक स्वास्थ्यसँग जोडेर पनि धेरै कुराहरु आइरहेका छन्। हिजो हामीले पनि भनेका थियौँ ‘भिसा दे सरकार हामी खाडी जान्छौँ,’ किन त्यो भनेका छौँ भने राज्य संयन्त्र यति माफियातन्त्रको खेलमा डुबिसकेको छ कि त्यो बाट अब हामीले यो पाँच वर्षभित्रमा मुक्त गराउन सकेनौँ भने हामी अर्काे १५ वर्षपछि धकेलिन्छौँ। यदि १५ वर्षसम्म देश बन्दैन भने म अर्काे प्रेमप्रसाद आचार्य बन्नुपर्छ भने म त विदेश जान्छु नि। तर, अब हामी फरक सोचेर के भनेका छौँ भने राज्यले देशमै बस्न सक्ने वातावरण मिलाउन भनिरहेका छौँ।
यो समस्याबाट मुक्ति पाउन युवाले के गर्नुपर्ला ?
सबैभन्दा पहिला सामाजिक उद्यमशीलतfका कुराहरु उठाउनुपर्छ। एकतर्फबाट राज्य संयन्त्रलाई पारदर्शी बनाउनुपर्छ, राज्य संयन्त्रलाई पादर्शी बनाउनको लागि प्रेमप्रसाद आचार्यका जस्ता घटनालाई उठाएर विद्रोह गर्नुपर्छ।
कस्तो विद्रोह ?
खवरदारी विद्रोह गर्नुपर्छ। त्यो खवरदारी पुराना र नयाँ नेतृत्वहरुलाई हो। पछिल्ला १०/१२ अगाडिदेखि जुन नेतृत्व देखिररहेका छौँ, उहाँहरुले लगानीमैत्री वातावरण बनाउन खोजेको देखिँदैन, यो कारणले पुराना नेतृत्वलाई हाम्रो खवरदारी हो। अहिले पनि उहाँहरुकाे राज्य सत्ताको हालीमुहाली छ। त्यसैले पनि उहाँहरुलाई खवरदारी हो, उहाँहरु नै ठुला–ठुला व्यापारमा संलग्न हुनुहुन्छ त्यो कुराले उहाँहरुलाई खवरदारी हो। र, नयाँ साथीहरु आज जति पनि मन्त्रालयमा पुग्नुभएको छ, उहाँहरु हिजो सडकमा यिनै मुद्धा लिएर बोल्ने मान्छे हो। सडकमा आन्दोलन गर्ने साथीहरु हो र प्रेमप्रसाद आचार्यले उठाएका मुद्धा पनि फरक होइनन्। ती मुद्धाहरु सम्बोधन गर्न नयाँ साथीहरुले पनि पहल कदमी लिनुपर्छ। अब काम नगर्न उहाँहरुलाई पनि छुट छैन।
के सबै युवा राज्यलाई खवरदारी गर्न सक्ने फुर्सद र अवस्थामा छन् ?
युवामा त्यो क्षमता छ। युवा साथीहरुले साथ दिनुहुन्छ भन्ने कुरामा म सकारात्मक छु। पुतलीसडकमा हजारौँ विद्यर्थी आयल्स पढ्नको लागि लाइनमा छन्, राहदानी विभागमा जाऔँ १० दशौँ हजार युवा लाइनमा छन्, त्रिभुवन विमानस्थलमा पनि त्यही संख्यामा युवाहरु विदेश जानको लागि लाइन लागेका छन्, यो बाध्यता हाे तर यो बाध्यताका बाबजुत पनि हामीले के बुझेका छौँ भने हिजो कोरोनाको बेला नेपाल सरकार माफियाकाे हातमा जाँदा ‘इन अफ इन’ भन्ने युवाहरु नै थिए। हामी हाम्रा बाध्यताहरुलाई कन्ट्रोल गरेर आ–आफ्नो ठाउँबाट विद्रोह गर्छाैँ।
बाँकी युवाहरु राजनीतिक परिबन्धनबाट बाहिर आएर सरकारलाई दबाब दिन सक्नुहोला त ?
हामी युवाहरु विभाजित छौँ, यहाँ म सहमत छु। तर, युवा समूह विभाजित हुनु हुँदैन, युवाहरु परिवर्तनको लागि एकजुट हुनुपर्छ। विकास र समृद्धिको लागि युवाहरु लाग्नुपर्छ। प्रेमप्रसाद आचार्यको लागि सबै एक जुट हुनुपर्छ। जुन पार्टी निकट भए पनि युवाहरु डराउनु हुँदैन।
ट्युनिसियामा जस्तै नेपालमा यो घटनाले कुनै त्यस्तै आन्दोलन निम्त्याउने त होइन ?
त्यो सम्भावना छ। प्रेमप्रसादको परिवारले क्षतिपूर्ति पाउलान् तर प्रमुख समस्या भनेको प्रेमले पैसा पाउनेको लागि यो आन्दोलन गरेका होइनन्, प्रेमले उठाएका मुद्धा उनको मात्रै होइनन्, त्यो लाखौँ युवाको मुद्धा हो। त्यो लाखौँ युवाको मुद्धा भएकोले यो आन्दोलन त्यतिकै रोकिँदैन। यो विद्रोह रोकिँदैन र यो विद्रोहले ट्युनिसियाको घटनाजस्तै जति पनि मुद्धाहरु छन्, समाधान गर्नुपर्छ। र, यो सरकारले गर्छ भन्ने कुरामा पनि हामीलाई विश्वास छ।
राज्यका यी समस्या समाधान गर्न के गर्नुपर्ला ?
सबैभन्दा ठुलो सुझाव भनेको सचेतना हो। हामी जहाँ जे र जस्तो अवस्थामा काम गर्छाै सचेतनापूर्वक काम गर्नुपर्छ। सचेत नागरिकले नै राज्यलाई जवाफदेही बनाउने हो। सचेत नागरिकले नै राज्य संयन्त्रलाई पादर्शी बनाउने हो। आम नागरिक प्राथमिक कुराहरुलाई राज्य संयन्त्रले सुधार गर्नुपर्छ। त्यो भयो हामीले चाहेको नेपाल बन्छ।
प्रेमप्रसादजीले भनेका जुन मुद्धाहरु छन्, त्यो मन्त्री परिषद्मा व्यापक रुपमा छलफल हुनुपर्छ। संसदमा यो विषयमा बहस हुनुपर्छ, त्यो भयो भने मात्रै राज्य यो संयन्त्रमा म जस्ता युवाहरु देश बस्छन् होइन भने तपाईंसँग म अन्तर्वार्ता दिँदैछु, अबको एक महिनापछि म जस्ता युवाहरु स्वदेशमा नरहन सक्छन।
भएन भने के हुन्छ ?
हुन्छ। भएन भने निरन्तर विद्रोह चलिरहन्छन।
भिडियाे: