प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन्।

त्यसअघि प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गरेका दाहाललाई प्रदेश प्रमुख शेरचनले बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-24 10:54:00

प्रतिकृया दिनुहोस्