निर्मलाकाे न्याय माग्दा प्रहरीले बर्लायाे लाठी, रुबी खान पक्राउ

निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ जाँदै गरेकाे समूहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु २४ दिनदेखि निर्मलाकाे न्यायकाे लागि आन्दाेलनरत थिए।

आज पक्राउ पर्ने नागरिक आन्दाेलनका अभियान्ताहरु पनि रहेका छन्।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।

प्रकाशित मिति: : 2023-01-23 15:20:00

प्रतिकृया दिनुहोस्