सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए। 

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए। 

प्रकाशित मिति: : 2023-01-20 13:13:00

प्रतिकृया दिनुहोस्