चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।
बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।
अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ। सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार खसेको थियो। सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो।