कर्णालीको उपसभामुखमा यशोदा निर्वाचित

कर्णाली प्रदेशसभाको उपसभामुखमा कालिकोटकी यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित भएकी छन्।

बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन। 

उनलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन्। उनको पक्षमा २४ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन्। उनले कांग्रेसकाे मात्रै मत पाएकी हुन्।

निर्वाचित न्यौपानलेलाई नेकपा (माओवादी केन्द्र) को १३, एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी) को १ मत प्राप्त भएको छ। ४० प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा ३८ जना सांसद सहभागी भएका थिए।

प्रकाशित मिति: : 2023-01-18 14:59:00

प्रतिकृया दिनुहोस्