एमालेका देवराज घिमिरे सभामुखकाे उम्मेदवार

File Photo
File Photo

नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले स्थायी समिति सदस्य रहेका घिमिरेलाई सत्ता गठबन्धनकाे तर्फबाट प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउन लागिएकाे हाे। घिमिरेले अहिले केहीबेरमा मनोनयन दर्ता गर्दै छन्।

बिहीबार हुने सभामुखको निर्वाचनका लागि बुधबार दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयनकाे समय ताेकिएकाे छ।

झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका घिमिरे ओलीको विश्वासपात्र मानिन्छन्।

एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए।

प्रकाशित मिति: : 2023-01-18 11:05:00

प्रतिकृया दिनुहोस्