बालुवाटारमा सर्वदलीय बैठक जारी, देउवा पनि सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक सहभागी छन्।

त्यसैगरी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल एवम् नवनियुक्त मन्त्री रेखा शर्मालगायत शीर्ष नेताहरू उपस्थित भएका छन्।

प्रकाशित मिति: : 2023-01-17 16:51:00

प्रतिकृया दिनुहोस्