लुम्बिनी प्रदेश : उपसभामुखमा मेनुका खाँड निर्विरोध निर्वाचित 

काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिए उम्मेदवारी 

लुम्बिनी प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी राप्रपाकी मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छिन्।

उनीसहित काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी थारुले उपसभामुखमा उम्मेदवारी दिएका थिए।

तर अन्तिममा आएर पाठक र थारुले उपसभामुखका लागि निर्वाचित गरियोस भनि प्रदेशसभा पेश गरिएको प्रस्ताव फिर्ता लिएका थिए। उनीहरुले प्रस्ताव फिर्ता लिएपछि खाँड निर्विरोध निर्वाचित भएको प्रदेशसभाको अध्यक्षता गरेका जेष्ठ सदस्य डिल्लीराज भुषालले घोषणा गरे।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको मगर निर्विरोध निर्वाचित भएका छन्। सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको थियो।

प्रकाशित मिति: : 2023-01-17 14:24:00

प्रतिकृया दिनुहोस्