नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यस्ताे बन्याे 'टिम प्रचण्ड'

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार नियुक्त भएकाे मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। यससंगै २२ सदस्यीय मन्त्रीमण्डल विस्तार भएकाे छ। जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन्।

एमालेबाट विमला राई पौडेलले परराष्ट्रमन्त्री, पदम गिरीले स्वास्थ्य मन्त्री, भगवती चौधरी-महिला तथा बालबालिका मन्त्री र हरि उप्रेतीले रक्षा मन्त्रीकाे रूपमा शपथ लिएका छन्।

माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन्।

राष्ट्रिय प्रजात्नत्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन्। राप्रपाबाटै उपाध्यक्ष विक्रम पाण्डे सहरी विकासमन्त्री र ध्रूवबहादुर प्रधान कानुनमन्त्रीमा नियुक्त भएका छन् भने दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल श्रम तथा रोजगार र शिशिर खनाल शिक्षा तथा विज्ञान मन्त्री नियुक्त भएका छन् भने तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन्।

प्रकाशित मिति: : 2023-01-17 13:12:00

प्रतिकृया दिनुहोस्