नेकपा एमालेले सरकारमा सहभागी हुने ४ जना मन्त्रीकाे नाम टुंगो लगाएको छ।
सरकारमा पठाउन लागिएका मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेका छन्। हरि उप्रती नायक निखिल उप्रेतीका दाइ हुन्।
एमालेको भागमा आठ मन्त्रालय परेकाे छ। जसमध्ये ३ विनाविभागीय मन्त्री र विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिइसकेका छन्।
सोमबार बसेकाे सत्ता साझेदार दलको बैठकमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको थियाे।