पूर्वमुख्यमन्त्रीलाई ब्रेक गरेर माओवादीका दुई सांसद मन्त्री बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) मन्त्रीमण्डल बिस्तार गर्दै छन्।

सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज मन्त्रीमण्डल बिस्तार गरेर दिउँसाे १ बजेकाे लागि शपथकाे तयारी थालिएकाे छ। जसअनुसार नेकपा (माओवादी केन्द्र)बाट पूर्व मुख्यमन्त्रीलाई पराजित गरेका दुई सांसद मन्त्री बन्न भएका छन्।

माओवादी स्राेतकाअनुसार दाङ क्षेत्र नं. २ मा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता शंखर पाेख्रेललाई पराजित गरेकी रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन्।

त्यस्तै भाेजपुर प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई पराजित गरेका सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन्।

प्रकाशित मिति: : 2023-01-17 09:58:00

प्रतिकृया दिनुहोस्