पाेखरा विमान दुर्घटनामा बेपत्ता चार जना पनि मृत भेटिए

आइतबार पाेखरामा भएकाे विमान दुर्घटनामा बेपत्ता रहेका चार जना पनि मृत भेटिएका छन्।

विमान दुर्घटनास्थल पाेखरास्थित सेती खाेँचमा आइतबार बिहान भेटिएका उनीहरुकाे शव गण्डकी अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ।

काठमाडाैँबाट चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पाेखरा जाँदै गरेकाे यति एयरकाे ९एन–एएनसी विमान दुर्घटनामा परेकाे थियाे। दुर्घटनामा परेर ७२ जनाकै ज्यान भएकाे छ।

दुर्घटनामा मृत्यु भएका ७२ मध्ये २५ जना यात्रुकाे पहिचान भएकाे छ। पहिचान खुलेका व्यक्तिकाे शव पाेखराबाटै यात्रुका आफन्तलाई बुझाइदै छ। यद्यपि, काठमाडाैँमा आफन्त रहेका व्यक्तिकाे शव भने दिउँसाे मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने नागरिक उड्यान प्राधिकरणले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-01-16 09:45:00

प्रतिकृया दिनुहोस्