पोखरा विमान दुर्घटनामा लाेकदाेहाेरी गायिका निरा छन्त्यालको मृत्यु

पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनामा परेर लाेकदाेहाेरी गायिका निरा छन्त्यालकाे निधन भएकाे छ।

आइतबार बिहान काठमाडाैँबाट माघी मनाउनकाे लागि पाेखरा जाँदै गरेकी छन्त्यालकाे पाेखरास्थित सेती खाेँचमा भएकाे विमान दुर्घटनामा मृत्यु भएकाे हाे।

छन्त्यालले पाेखरा जानुअघि सामाजिक सञ्जालमा माघे संक्रान्तीकाे शुभकामाना लेखेर त्यसतर्फ प्रस्थान गरेकी थिइन।

उनी नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा आयाेजना गर्न लागेकाे पुरुष तथा महिला भलिबल प्रतियोगतामा सहभागी हुन जाँदै थिइन्। उनी लाइभ दाेहाेरी क्षेत्रकी सक्रिय कलाकार हुन्।

प्रकाशित मिति: : 2023-01-15 17:10:00

प्रतिकृया दिनुहोस्