राष्ट्रिय जनता दलका नेता यादवको निधन

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद यादवको निधन भएको छ।

केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी ७५ वर्षका थिए। यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, काग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2023-01-14 08:46:00

प्रतिकृया दिनुहोस्