प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भएको हो। छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको छ।
बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो। यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो।