राप्रपा कानेपोखरीमा भाडभैलो,नेतृत्व परिवर्तनको माग

BreaknLinks
BreaknLinks

राष्ट्रिय प्रजातन्त्र पार्टी कानेपोखरीमा भाडभैलो सुरु भएको छ।

अध्यक्ष मोहन गौतमले एकलौटी गरेपछि राप्रपा कानेपोखरीमा भाडभैलो मच्चिएको हो।

अध्यक्ष मोहन गौतमले सहि नेतृत्व गर्न नसकेको भन्दै अधिकांश कार्यकर्ताले नेतृत्व परिवर्तनको माग समेत राखेका छन्।

अध्यक्ष गौतमप्रति पार्टीभित्र व्यापक असन्तुष्टि रहेको पाईएको छ।

स्थानीय चुनाब देखि नै पार्टीप्रति भुमिका निर्बाह गर्न नसकेको, संघ प्रदेशको चुनाबमा पनि आफ्नो भुमिका निर्बाह नगरेको साथै अहिले सम्म चुनाबी समिक्षा नगरेको अध्यक्ष गौतममाथि कार्यकर्ताहरुले आरोप लगाएका छन्।

यस्तै, स्थानीय सहकारी चुनाबमा पनि आफू खुशी गरेको, पार्टी कार्यकर्तालाई ह्विप जारी नगरेको भन्दै धेरै कुरामा चुकेको कारण पनि बिभिन्न सर्तहरु अघि सारिएको राप्रपाका स्थानीय एक कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा बताए।

उनका अनुसार कानेपोखरी गाउँ कार्यसमितीका ९० प्रतिशत भन्दा धेरै पदाधिकारी र सम्पुर्ण वार्डका पदाधिकारी, राप्रपा युवा संघ कानेपोखरी, राप्रपा महिला संघ कानेपोखरीका सम्पुर्ण पदाधिकारीहरुले नेतृत्व प्रति असन्तुष्टी जनाएका छन्।

उनीहरुले कानेपोखरी गाउँपालिकाको नेतृत्व परिबर्तन हुनुपर्ने,राप्रपा कानेपोखरी गाउँ कार्यसमिती नयाँ पुनर्गठन गरि तिर्थ बहादुर गुरुङ्गको संयोजकत्वमा हुनुपर्ने र यदि यथास्थितीमा चल्ने हो भन्ने सामुहिक राजिनामा दिने चेतावनी दिएका छन्।

राप्रपाका असन्तुष्ट समुहले राजिना पत्र सहित प्रदेश कार्यसमिती,क्षेत्रीय कार्यसमिती,जिल्ला कार्यसमितीलाई बोधार्थ पठाएका छन्। 


 

प्रकाशित मिति: : 2023-01-12 15:32:00

प्रतिकृया दिनुहोस्