कांग्रेस पदाधिकारी बैठक बस्दै

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ। पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ। आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो।

प्रकाशित मिति: : 2023-01-12 13:58:00

प्रतिकृया दिनुहोस्