निस्सासिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ। 

वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन्।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
 

प्रकाशित मिति: : 2023-01-11 20:35:00

प्रतिकृया दिनुहोस्