कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्न एमाले र माओवादी सहमत

File Photo
File Photo

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

बुधबार माओवादी र एमालेबीच भएकाे छलफलमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

केन्द्रकाे निर्णयअनुसार सरकारको नेतृत्व पाँचै वर्ष माओवादीले गर्ने निर्णय गरे पनि प्रदेशमा त्याे निर्णय एमाले नमान्दा आलोपालो गर्ने सहमति भएकाे माओवादीका एक नेता बताए।

अब कर्णालीमा पहिलाे चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन्।

अन्ततः झण्डै सात वर्षपछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको छ।

प्रकाशित मिति: : 2023-01-11 16:19:00

प्रतिकृया दिनुहोस्