मधेस प्रदेशकाे मुख्यमन्त्रीका लागि जसपाका यादवकाे दाबी पेश

File Photo
File Photo

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६३ सांसदको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ।

केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।  

प्रकाशित मिति: : 2023-01-11 12:33:00

प्रतिकृया दिनुहोस्