सभामुखको निर्वाचन माघ ५ मा हुने

प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन माघ ५ गते हुने भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन्।

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन्। साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ। 

प्रकाशित मिति: : 2023-01-10 17:40:00

प्रतिकृया दिनुहोस्