कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन्।

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए। चाैधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेकाे नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने बताएकी छन्।

प्रकाशित मिति: : 2023-01-10 16:42:00

प्रतिकृया दिनुहोस्