लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

प्रतिनिधिसभामा आज हुने मत विभाजनमा लोसपाले प्रधानमन्त्री प्रचण्डकाे पक्षमा विश्वासको मतका दिने निर्णय गरेकाे हाे।

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय भएकाे लोसपाका सांसद शरद सिंह भण्डारी जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।

प्रचण्ड नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2023-01-10 12:22:00

प्रतिकृया दिनुहोस्