पूर्व एमाले नेता घनश्याम भूसाल माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन्।
एमाले परित्याग गरेर तत्कालीन नेपाली कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनकाे समर्थनमा प्रतिनिधिसभाकाे निर्वाचन लडेका भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे स्रोतले बताएकाे छ।
स्राेतका अनुसार भूसाल एक/दुई दिनमा औपचारिक घोषणा गरेर पार्टी प्रवेश गर्नेछन्।
गत मंसिर ४ मा भएको आम निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल तत्कालीन सत्ता गठबन्धनकाे समर्थनमा निर्वाचन लडेका थिए। उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए।