प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहण भएलगत्तै बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
हाल कायम रहेका १३ मन्त्रालयलाई घटाएर ९ वटा बनाउने बैठकले निर्णय गरेको हो।
यस्तै प्रदेशको सेवा प्रवाह व्यवस्था सुधार गर्न प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने निर्णय भएको प्रदेशका मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।