मुख्यमन्त्री कार्कीले सानो मन्त्रीमण्डल विस्तार गर्दै, यी हुन् सम्भावित मन्त्री

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले भोलि सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

पहिलो चरणमा नेकपा एमालेबाट २, माओवादी र राप्रपा १/१ गरि ४ जनालाई सरकारमा पठाउने तयारी भएको छ।

एमालेबाट तिलकुमार मेन्याङ्बो र बुद्धिकुमार राजभण्डारी, माओवादीबाट दुर्गा प्रसाद चापागाईं र राप्रपाबाट भक्तिप्रसाद सिटौला रहेका छन्।

नवनियुक्त मुख्यमन्त्री कार्कीलाई सोमबार दिउँसो २ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनियताको सपथ खुवाउने कार्यतालिका रहेको छ। त्यसपछि विस्तारित मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खाने मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-01-08 19:00:00

प्रतिकृया दिनुहोस्