सुर्खेतको वीरेन्द्रनगर घण्टाघरमा १२ वर्षपछि नयाँ घडी राखिएको छ।
वषौँदेखि सुई नचल्ने घडी घण्टाघरमा राखिएको भन्ने आलोचना हुन थालेपछि सुर्खेछको घण्टाघरमा १२ वर्षसम्म बन्द अवस्थामा रहेका पुराना घडीहरु निकालेर नयाँ घडी राखिएको हो।
चीन सरकारको सहयोगमा २०४५ सालमा बनेको घण्टाघरका घडीहरु लगभग १२ वर्षदेखि बन्द थिए।
घण्टाघरमा राखिएका घडीका काँटा घुम्दैनथे। ती घडीहरुले दिनमा एक पटक मात्र सही समय देखाउँथ्ये। वीरेन्द्रनगर नगरपालिकाले झण्डै २०६३/०६४ सालदेखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरेको हो।