नेपाली राजदूतले भेटे म्यान्मारकाे सैनिक तानाशाहका मन्त्रीलाई

नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यान्मारकाे सैन्य ‘जुन्ता’का संघीय धार्मिक मामिला तथा संस्कृति मन्त्री उ को को–सँग भेटवार्ता गरेका छन्।

नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ हृलाइङलाई शुभकामना दिएको भोलिपल्ट राजदूत घिमिरेले सैन्य ‘जुन्ता’का मन्त्री उ–लाई भेटेका हुन्।

बिहिबार मन्त्रालयको पार्लरमा भएको भेटवार्तामा राजदूतसहित म्यान्मार सैन्य सरकारका उपमन्त्री, महानिर्देशक र उच्च सैनिक अधिकारीसमेत सामेल भएको नेपाली दूतावास कार्यालय रंगुनले जनाएको छ।

नेपाल–म्यान्मार बौद्ध विश्वविद्यालयबीचको धार्मिक मामिलामा सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको म्यान्मारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बिएल नेपाली सेवालाई बताएका छन्।

‘नेपाल र म्यान्मारका बौद्ध विश्वविद्यालयबीचको धार्मिक मामिलामा कुराकानी भयो। त्यस्तै, लुम्बिनी–बोधगया तीर्थयात्रा र पुरातत्वमा सहकार्य गर्ने विषयमा सौहार्दपूर्ण छलफल भएको थियो,’ उनले भने।

म्यान्मारको दैनिक अंग्रेजी पत्रिका ‘द ग्लोवल न्यू लाइट अफ म्यान्मार’मा बुधबार प्रकाशित नेपाली राष्ट्रपति र प्रधानमन्त्रीको विवादित शुभकामना सन्देश नेपाली दूतावास कार्यालयले पठाएको पुष्टि भएको छ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको अनुमति बेगर राजदूत घिमिरेले आफूअुसी म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ हृलाइङलाई ७५औँ स्वतन्त्रता दिवसको सन्दर्भ पारेर शुभकामना दिएको दूतावासका एक अधिकारीले बताएका छन्।


म्यान्मारको सैन्य सरकारलाई नेपालले दियो मान्यता

प्रकाशित मिति: : 2023-01-06 10:34:00

प्रतिकृया दिनुहोस्