एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन्।

बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन्। 

कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो। एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन्।

सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन। आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ। 

प्रकाशित मिति: : 2023-01-04 09:46:00

प्रतिकृया दिनुहोस्