बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

एमाले अध्यक्ष ओली मंगलबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। उनीहरुबीच के विषयमा छलफल भयाे भन्ने खुलाइएकाे छैन।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने पनि मन्त्री परिषद् विस्तारलगातका विषय टुङ्गाे लाग्न बाँकी छ। अहिले प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पावर सेयरिङका विषयमा निरन्तर छलफल भइरहेकाे छ।

प्रकाशित मिति: : 2023-01-03 17:26:00

प्रतिकृया दिनुहोस्