एकीकृत समाजवादी सरकारमा जाने-नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने-नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए। पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन्।

प्रकाशित मिति: : 2023-01-03 16:05:00

प्रतिकृया दिनुहोस्