जंगी अड्डा पुगेका जर्नेल प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो

File Photo
File Photo

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठनविपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको ब्यारेकमा राखेकाे हाे।

सर्वोच्च अदालतले अवकाश हुनबाट रोकेपछि उपरथी शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए। लगतै सैनिक प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले पुष्टि गरेका छन्।

सैनिक अनुशासनविपरीत काम गरेको भन्दै उनलाई ब्यारेकमा लगिएको प्रवक्ता भण्डारीले बताएका छन्। ‘प्रेमसाबलाई ब्यारेकभित्रै बस्न माथिल्लो तहबाट निर्देशन दिइएको छ। उहाँमाथि आर्थिक अनुशासनको छानविन भइरहेको छ। सम्मानीत सर्वोच्च अदालतले अवकाश हुनबाट रोक्नु र जंगी अड्डाले नियन्त्रणमा लिनु बेग्लै विषय हुन्,’ उनले भने।

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वाशिला पात्र शाहीलाई आर्थिक हिनामिना देखाएर फसाउन खाेजिएकाे सैनिक स्रोतले जनाएको छ। उनी आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले उपरथी शाहीको पक्षमा फैसला गरेपछि जंगी अड्डामा खैलाबैला मच्चिएको थियो।

भाबी प्रधानसेनापतिको लाइनमा रहेका सैनिक अधिकारीहरूले उपरथी शाहीलाई रोख्न सेनाभित्र अनेकाैँ चलखेल भइरहेकाे सैनिक मुख्यालय स्रोतले जानकारी दिएकाे छ।

मंगलबार उपरथी शाही जंगी अड्डा जाने जानकारी पाएपछि सोमबार नेपाली सेनाको प्राड विवाक प्रमुख रत्नप्रकाश थापाले प्रधानसेनापति प्रर्भुराम शर्मालाई भेटेको र सोही भेटपछि शाहीलाई आर्थिक हिनामिनाको आरोप लगाएर नियन्त्रणमा लिने योजना बनाएको सैनिक स्रोतले बताएकाे छन् छ

प्रकाशित मिति: : 2023-01-03 15:13:00

प्रतिकृया दिनुहोस्