काठमाडौं उपत्यकामा प्रहरीको निशुल्क बस, यस्तो छ रुट

नेपाल प्रहरीले आज र भोलि निशुल्क बस सेवा दिने भएको छ। दसैंका बेला सार्वजनिक सवारी कम चल्ने भएका कारण आम नागरिकलाई नजिकका गन्तव्यमा पुर्‍याउनका लागि प्रहरीले आफ्ना बसहरू चलाउने भएको हो। 

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाभरि दुई सिफ्टमा बस सेवा उपलब्ध हुनेछ। बिहान साढे आठ बजे र साँझ साढे ४ बजेदेखि दुई समय तोकिएका रुटहरूमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2024-10-11 09:26:00

प्रतिकृया दिनुहोस्