लेबनानमाथि इजरायलको आक्रमण, हिज्बुल्लाहका सुरक्षाप्रमुख मारिएको दाबी

लेबनानमाथि इजरायलले फेरि एकपटक शक्तिशाली आक्रमण गरेको छ। 

राजधानी बेरुतको एउटा बस्तीमाथि इजरायले आक्रमण गर्दा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको र ११७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मारिनेमध्ये एकजना हिज्बुल्लाहका बरिष्ठ सुरक्षाअधिकारी वाफिफ साफा पनि छन्। अघिल्लोपटकको आक्रमणमा इजरायलले हिज्बुल्लाहका प्रमुख नेता हसन नसरल्लाहको हत्या गरिदिएको थियो। साफी हसनका आफन्त र उनका प्रमुख सुरक्षाअधिकारी पनि थिए। 

करिब एक वर्षदेखि इजरायल हमास, हिज्बुल्लाह र इरान तथा यमनको हुथी बिद्रोहीसँग युद्धमा छ। 
 

प्रकाशित मिति: : 2024-10-11 09:40:00

प्रतिकृया दिनुहोस्