कर्मचारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन: काम छाडेर सभा/सम्मेलनमा जान बन्द गर्नुहाेस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरुलाई कार्यालयकाे काम छाडेर सभा, सम्मेलन तथा गाेष्ठीहरुमा नजान निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारमा आयोजित छलफलमा प्रचण्डले साे निर्देशन दिएका हुन्।

‘कार्यालय समयमा, कार्यालयको काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनारमा, प्रशिक्षण दिने, जस्ता कार्यमा जान बन्द गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले कर्माचरीहरुलाई दिएकाे निर्देशनमा भनेका छन्,‘सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा मन्त्रालयको सम्वन्धित विषयको एक जनामात्र सहभागी हुने, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्केपछि प्रतिवेदन लिनेरदिने व्यवस्था मिलाउनुहोस्।’

उनले कार्यालय समय पालना र कर्मचारी उपस्थिति, सेवाप्रवाह र सेवाग्राहीप्रतिको ब्यवहार लगायतका कार्यालय संचालन र व्यवस्थापनको अनुगमन र निरीक्षण गर्न समेत निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2023-01-03 15:05:00

प्रतिकृया दिनुहोस्