एकीकृत समाजवादीले भन्याे– वाम एकताको लागि सकारात्मक छाैँ

नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवाडाले वाम एकताकाे लागि आफ्नाे पार्टी सकारात्मक भएकाे बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेकाे स्थायी कमिटी बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता खतिवडाले वाम एकताकाे पक्षमा रहेकाे र त्यसकाे केही दिनमै उचित निर्णय  गर्ने बताए।

‘आजकाे बैठकमा हामी पछिल्लाे राजनीति क्रमबारे छलफल गरियाे,’ प्रवक्ता खतिवडाले भने,‘बैठकमा अझै सबैकाे राय लिएर सकिएकाे छैन, भालि पुन बैठक बसेर निष्कर्ष सुनाउँछाैँ।’

काँग्रेस नेतृत्वकाे गठबन्धनबाट अलगिएकाे समाजवादीलाई प्रधानमन्त्री सरकारमा सहभागी हुन प्रस्ताव राखे पनि उसले अन्तिम निर्णय गरेकाे छैन। तथापि,  आजकाे बैठकमा अधिकांश नेताहरु सरकारमा जाने र वामपन्थी गठबन्धनमा सहभागी हुने पक्षमा रहेकाे प्रवक्ता खतिवडाले बताए।

आजदेखि सुरु भएकाे स्थायी कमिटी बैठक भाेलि पुन: बस्नेछ।

प्रकाशित मिति: : 2022-12-31 14:32:00

प्रतिकृया दिनुहोस्