बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको वान टू वान वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भइरहेको छ।

सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

दुई घण्टादेखि चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ। 

प्रकाशित मिति: : 2022-12-30 11:13:00

प्रतिकृया दिनुहोस्