ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने

उपप्रधामन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्।

मंगलबार साँझ दुई उपप्रधानमन्त्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी भएकाे बताइएकाे छ।

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद् गठनपछि पहिलाेपटक ओली–रवि भेट भएको हो।

प्रकाशित मिति: : 2022-12-27 21:56:00

प्रतिकृया दिनुहोस्