महान्यायाधिवक्तामा पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन्।

माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन्।

प्रकाशित मिति: : 2022-12-27 12:32:00

प्रतिकृया दिनुहोस्