पहिलो क्याबिनेट १५ मिनेटमै सकियाे, रविले अस्वीकार गरे प्रचण्डले दिएकाे जिम्मेवारी

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक साेमबार सकिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठक १५ मिनेटमै सम्पन्न भएको थियाे।

साँझ पौने ८ बजेदेखि ८ बजेसम्म भएको बैठकमा तीनै जना उपप्रधानमन्त्री, विना विभागीय मन्त्री दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खाँ, ज्वालाकुमारी साह र मुख्यसचिव शंकरदास बैरागीको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्डले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिए। तर उनले प्रधानमन्त्रीकाे प्रस्ताव अस्वीकार गरे। लगतै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई त्याे जिम्मेवारी दिइयाे।

प्रकाशित मिति: : 2022-12-27 07:19:00

प्रतिकृया दिनुहोस्