मुख्यमन्त्रीका दाबेदार पराजुली भन्छन्- कांग्रेसले सक्षम प्रतिपक्षको भूमिका निर्वाह गर्छ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भीम पराजुलीले सक्षम प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्ने दावी गर्दै आएका पराजुलीले राष्ट्रिय राजनीति फेरिएसँगै प्रतिपक्षको भूमिकामा बस्ने मनस्थितिमा पुगेका हुन्।

सोमबार प्रदेशसभा सदस्यको शपथग्रहण लिएपछि पत्रकारहरुसँग उनले भने, ‘समय र परिस्थितिको माग अनुसार हामी प्रतिपक्षमा बसेर सही ढंगले खबरदारी गर्छौ।’

प्रतिपक्षमा रहेर चुनावमा जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्न र प्रदेशको नामाकरण गर्नका लागि सदनमा कुरा उठाउने उनको भनाई छ।

पार्टी नेतृत्वले वर्तमान परिस्थितिको आकलन गर्न नसक्दा कांग्रेस सत्ता विमुख भएको बताउँदै पराजुलीले समग्र प्रदेशको विकासमा अहम भूमिका निर्वाह गर्दै सक्षम, सवल र दरो प्रतिपक्ष बनेर काम गर्ने बताए।

प्रकाशित मिति: : 2022-12-26 17:32:00

प्रतिकृया दिनुहोस्