प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्।

नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीमा शपथ लिने भएका हुन् । 

सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो। प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ।

प्रकाशित मिति: : 2022-12-26 14:31:00

प्रतिकृया दिनुहोस्