बिएल संवाददाता
स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरूले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन्।
सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरूले चाँही कांग्रेसको विचार आत्मासाथ गरेको प्रष्ट पारे।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो। यही विश्वविद्यालयमा पढेर अरु नेताहरूले दल खोल्नुभयो। दलको नेता बन्नुभयो। मान्छेहरू भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो। तर होईन्। कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो। नेपाली कांग्रेसको विचार कम्युनिष्टहरूले आत्मासाथ गरेका हुन्।’
त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए। आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए।
‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ। सत्तालाई विशेष महत्व दिएर गएका हौं। जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं। निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन्। बढेको स्थिति छ। विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन्। त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हुन जरुरी छ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया