मन्त्रालय भागबन्डामा कुरा मिलिसकेको छैन : बाबुराम भट्टराई

सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन।

सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदै छन्।

यसअघि मन्त्रालय भागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन।

‘मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ। सहमति जुटिसकेको छैन। शपथ लिन जानुअघि सहमति हुन्छ,’ बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने।

सत्तारुढ दल राप्रपामा सरकारमा नजाने भएको छ। 

प्रकाशित मिति: : 2022-12-26 14:01:00

प्रतिकृया दिनुहोस्