प्रचण्डलाई बधाई दिँदै बाबुराम भट्टराई भने- अतिले खती गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

File Photo
File Photo

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन्।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन्। यसपछि डा. भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन्।

‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक बधाई। अतिले खती गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ भट्टराईले ट्वीट गरेका छन्।

नयाॅ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाइ! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्! pic.twitter.com/oSRsMfNL6H

— Baburam Bhattarai (@brb1954) December 25, 2022
प्रकाशित मिति: : 2022-12-25 17:03:00

प्रतिकृया दिनुहोस्