गठबन्धन बैठक निष्कर्षविहीन

BreaknLinks
BreaknLinks

सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेकोले गठबन्धनकै सरकार बन्ने दाबी गरे। तर, पहिला काे प्रधानमन्त्री बन्ने भन्ने बारे कुनै निर्णय नभएकाे उनकाे भनाइ छ।

नयाँ सरकार गठबन्धनकाे लागि राष्ट्रपतिले दिएकाे समय भाेलि साँझ ५ बजे सकिँदैछ। त्यसैले अहिले दलहरु नयाँ सरकार गठनकाे निर्णायक छलफलमा जुटेका छन्। गठबन्धनभित्र काँग्रेसले पहिला नेतृत्व गर्ने कि माओवादीले भन्ने विवाद छ।

प्रकाशित मिति: : 2022-12-24 19:19:00

प्रतिकृया दिनुहोस्