देउवालाई महिला सांसदको सुझाव : सरकारको नेतृत्व अब पनि कांग्रेसले नै गर्नुपर्छ

File Photo
File Photo

नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन्।

बालुवाटरमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन्।

उनीहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताएका थिए। उनीहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए।

सभापति देउवाले पनि यसै विषयमा गठबन्धनमा कुरा भइरहेको र हिजो दिनमा जस्तै हामी सरकारमा जाँदैनौँ भन्दा पनि जानुपर्ने अवस्था आएको थियो र त्यस्तै अवस्था आउन सक्ने बताए।

 

प्रकाशित मिति: : 2022-12-24 14:24:00

प्रतिकृया दिनुहोस्