रवि लामिछाने भन्छन्,'नागरिकताबारे मैले बाेल्न आवश्यक छैन'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद रवि लामिछानेले अहिले आफ्नाे नागरिकता विवादबारे नबाेल्ने बताएका छन्।

बिहीबार संघीय संसद भवनमा प्रतिनिधिसभा सदस्य शपथ ग्रहणका लागि पुगेका लामिछानेको संक्षिप्त प्रतिक्रिया हो यो ।

‘मेरा नागरिकता र पासपाेर्टबारे निर्वाचन आयाेगले प्रश्न गर्‍याे, मैले यही अनुरुप जवाफ दिएकाे छु। त्यसपछि म निर्वाचित भएँ, सम्माननीय अदालतबाट मलाई नराेक्नु भन्ने कुरा आयाे, मैले सपथ लिएँ,’ सांसद लामिछानेले भने, ‘मेराे नागरिकताबारे अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेकाे छ, त्यसले मैले केही बाेल्न आवश्यक छैन।’

आफ्नाे नागरिकता प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनेमा आफू विश्वस्त रहेकाे पनि सांसद लामिछानेले बताए।

प्रकाशित मिति: : 2022-12-22 13:58:00

प्रतिकृया दिनुहोस्