खस भाषामा सपथ लिँदै जुम्लाकी सांसद कान्तिका

मंसिर ४ मा सम्पन्न प्रतिनिधि निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकमा निर्वाचित सांसदहरुले आज सपथ लिने कार्यक्रम छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा उनीहरूको शपथ हुने जनाइएकाे छ। 

सपथ राप्रपाबाट निर्वाचित जेष्ठ सदस्य पशुपतिशमशेर राणाले खुवाउने छन्।

आज शपथ लिने प्रतिनिधि सभाका २७४ जना सांसदमध्ये २५ जनाले मातृभाषामा शपथ लिने भएका छन्। उनीहरुले १४ वटा फरक-फरक भाषामा शपथ लिन लागेका हुन्। जसमध्ये एक हुन कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गराएका सांसद कान्तिका सेजुवाल।

जुम्लाबाट समानुपातिक सांसद बनेकी उनले खस भाषामा शपथ लिन लागेकी हुन्। उनले दुई दिनअघि खस भाषामा शपथ लिने भनेर संसद सचिवालयमा नाम दर्ता गराएकी छन्।

सेजुवालले नेपाली खस भाषामा शपथ लिन लागेको नेपालको संसदीय इतिहासमै पहिलो पटक हो। यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन्।

प्रकाशित मिति: : 2022-12-22 12:22:00

प्रतिकृया दिनुहोस्